NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सरकारले एमसिसी जर्बजस्ती अगाडि बढाए गठबन्धन भत्किन्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी) सरकारले यथास्थितिमा अगाडि बढाउन खोजिए सरकारका लागि प्रत्युत्पादक हुने चेतावनी दिएको छ।

माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकले यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने चेतावनी दिएको हो ।

सरकारले बुधबार दिउँसो बस्ने संसद बैठकमा (एमसिसी) अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उप–नेता देव गुरुङले असमान शर्तहरु संशोधन नगरी एमसिसी अगाडि बढाउन र पारित गर्न नसकिने निर्णय गरेको बताए ।

‘असमान शर्तहरू राखेर एमसिसी पास गर्न सकिदैन । यदि सरकारले जर्बजस्ती संसदमा प्रकृया अगाडि बढाए माओवादी केन्द्रले समर्थन गर्दैन’, गुरुङले भने, ‘राष्ट्रिय सहमति सहित एमसिसीका असमान शर्तहरू संशोधन हुनुपर्छ । त्यसो नभइ सरकार जर्बजस्ती अगाडि बढे गठबन्धन सरकार टुट्छ ।’

माओवादीको निर्णयसँगै एमसिसी पास गर्न हतारिएको सरकार संसदमा कसरी अगाडि बढ्छ भन्नेमा चासो बढेको छ । एमसिसीको विरुद्ध अहिले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष