NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

शैक्षिक सत्र वैशाखमै सुरु, पठाइ जेठ १ गतेदेखि

काठमाडौं । नयाँ शैक्षिक सत्र आगमाी वर्षको वैशाखदेखि नै सुरु हुने भए पनि सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन भने जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको मन्त्रालयको निष्कर्ष छ । यसर्थ, वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहरले करिब कदुई महिना बन्द भएका रहेका शैक्षिक संस्था फागुन १ गतेदेखि भौतिक रूपमै पठनपाठन सुरु भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष