NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक दीपक बुढाथोकीसहितका नेताले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित पाँचजना नेताविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

ओली प्रधानमन्त्री भएका बेला ओलीको क्याबिनेटमा रहेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, सिसिएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध उजुरी परेको हो ।

ओली सरकारले तत्कालीन समयमा ऐन नै संशोधन गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तत्कालीन समयमा अर्बौं मूल्यको जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संंशोधन गर्दै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलिसहित तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालविरुद्ध उजुरी परेको छ ।

त्यस्तै, कोरोना भाइरस महामारीमा ओम्नी ग्रुपसँगको मिलेमतोमा स्वास्थ्य खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन समयमा सिसिएमसीका संयोजक, उपप्रधान तथा रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध करोडौं भ्रष्टाचार गरेको आरोप छ ।

अर्कोतर्फ भ्रमण वर्ष २०२० को प्रचारप्रसारको नाममा राज्य कोषबाट करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटनमन्त्री भट्टराईविरुद्ध पनि उजुरी दायर भएको छ ।

No description available.