NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धितोपत्र बोर्डका नवनियुक्त हमाल को हुन् ?

काठमाडाैं । करिब ५ महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रमेशकुमार हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेपछि बोर्डले नयाँ नेतृत्व पाएको हो ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरेको थियो । ढुंगानालाई हटाइपछि बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुदै आएको थियो ।

को हुन् उनी ?

हमाल ललितपुरको भैसेपाटीका स्थायी बासिन्दा हुन् । अहिले उनी ओस्टोन एशिया, नेपालको कार्यकारी अध्यक्ष र अन्तर्राष्ट्रिय चेन दुषित थानी रिसोर्ट, नेपालका सञ्चालक हुन् ।

हमालसँग २९ वर्ष सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव रहेको छ । त्यसैगरी उनीसँग १५ वर्ष विदेशमा काम गरेको अनुभव छ ।
उनले बैंककमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (युएनइपी) को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका थिए ।

हमालले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रिन हेरिटेज ग्रुपमा १५ वर्ष सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्म भएर काम गरेका थिए ।

उनले एनआरएन थाइल्यान्डको अध्यक्ष भएर २ कार्यकाल काम गरिसकेका छन् । साथै उनी थाइ-नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष पनि भइसकेका छन् ।

उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पूर्ण छात्रवृतिमा इन्टरनेसनल बिजेनस एन्ड फाइनान्समा एमबिए गरेका छन् । त्यसैगरी भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए ।