बेलायती राजदूतद्वारा स्वास्थ्यमन्त्री खतिवडालाई २१ लाख मात्रा खोप हस्तान्तरण
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन् ।
आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
“विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने ।
नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए ।
सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनका लागि बेलायत सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे । राजदूत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पारेका थिए ।
२१ लाख मात्रा खोप हस्तान्तरण
सोही अवसरमा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख मात्रा खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी थिइन् ।
भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा सङ्गीता मिश्रालगायतका मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया