NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमसिसीको तनावले माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । पछिल्लो समयमा एमसिसीको विषयमा दलबीच श्रृंखलावद्ध छलफल चलेको भन्दै माओवादीले केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

फागुन ८ र ९ का लागि बोलाइएको बैठक स्थागित गर्दै २० फागुनका लागि तोकिएको जानकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले दिए । पछिल्लो समय एमसिसीकै कारण सत्ता गठबन्धनमा खटपट आइरहेको छ ।

एमसिसी पास गर्न सत्ताको नेतृत्वकर्ता दल कांग्रेस खुलेर लागेको छ । तर सत्ता सहयोगी दल माओवादी र नेकपा एस संसोधनविना एमसिसी पास गर्न नहुने पक्षमा छन् ।

बिहीबार र शुक्रबार सत्तारूढ दलको बैठकमा एमसिसीलाई कसरी अगाडि बढाउने भन्नेमा कुरा नमिलेपछि फेरि बैठक आइतबार बस्ने गरी डाकिएको छ ।

यस्तै नियमित बैठक र भेटघाटमा व्यस्त हुनुपर्ने भन्दै माओवादीको बैठक सारिएको हो ।