NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बर्तौलाले छोडे राप्रपा, पूर्वराजाको हस्तक्षेपबारे छानबिन नभएको आरोप

काठमाडौं । केन्द्रीय सदस्य राजाराम बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको घोषणा गरेका छन् ।

राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको हस्तक्षेपबारे अछानबिन गर्न माग गरेको तर नेतृत्वले बेवास्ता गरेका कारण आफूले बाध्य भएर पार्टी छोड्न बाध्य भएको उनले बताएका छन् ।

‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केही समयअघि मात्रै पूर्वअध्यक्ष कमल थापाले पनि पूर्वराजा र निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन नभएको भन्दै पार्टी परित्याग गर्दै पुरानै पार्टी राप्रपा नेपाललाई ब्युँताएका थिए ।

थापानिकट बर्तौलाले पनि सोही पदचाप पछ्याएका छन् । अब उनी पनि थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।

May be an image of text that says 'श्रीमान अध्यक्ष ज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय, काठमाण्डौ। मिति २०७६ फागुन ९ गते बिषय राजिनामा सम्बन्धमा उपरोक्त सम्बन्धमा राष्ट्रय प्रजातन्त्र पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्य समितिको बैठकमा महाधिवेशनको कममा भएको निर्मल निवासको हस्तक्षेप बारे लगायत केही साथीहरुले उठाएको छनविनको विषयलाई नेतृत्व तहबाट सम्बोधन नभई बेवास्ता गरिएको, पार्टीभित्र गम्भिर सैद्वान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिक रुपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरि केन्द्रीय सदस्य पदवाट राजिनामा दिएको छु 女 राजाराम बर्तौला हेटौंडा, मकवानपुर'