देउवा भेट्न ओली बालुवाटारमा, नयाँ सत्ता समीकरणबारे छलफल हुँदै
काठमाडौं । एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
ओली प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार गएका हुन् ।
संसद्मा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक आमुन्ने सामुन्ने छलफल हुन लागेको हो ।
एमसिसी पारित गर्न सत्ता गठबन्धनकै नेताहरूले धोका दिएको महशुस गरेको प्रधानमन्त्री देउवाले ओलीसँग नयाँ सत्ता समीकरणको सम्भावनाबारे छलफल भइरहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
सत्तारुढ प्रमुख घटकमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने बताउँदै आएका छन् ।
यसअघि देउवाले अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया