देउवा भेट्न ओली बालुवाटारमा, नयाँ सत्ता समीकरणबारे छलफल हुँदै
काठमाडौं । एमसिसी संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
ओली प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार गएका हुन् ।
संसद्मा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक आमुन्ने सामुन्ने छलफल हुन लागेको हो ।
एमसिसी पारित गर्न सत्ता गठबन्धनकै नेताहरूले धोका दिएको महशुस गरेको प्रधानमन्त्री देउवाले ओलीसँग नयाँ सत्ता समीकरणको सम्भावनाबारे छलफल भइरहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
सत्तारुढ प्रमुख घटकमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने बताउँदै आएका छन् ।
यसअघि देउवाले अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया