NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जयपृथ्वी नगरपालिकामा बालमैत्री स्थानीय शासन समिती गठन

सुनिल मण्डेल (बझाङ) – जिल्लाको जयपृथ्वी नगरपालिकामा बालमैत्री स्थानीय शासन समिती गठन गरिएको छ । मंगलबार नगर प्रमुख बिरेन्द्र खड्काको अध्यक्षतामा ३६ सदस्यीय समिती गठन गरेको हो ।

वि.सं २०८२ साल भित्र सबै स्थानीय तहमा बालमैत्री बनाउनुपर्ने संघीय सरकारको नीति अनुसार जयपृथ्वी नगरपालिकामा नगरपालिका स्तरीय समिती गठन गरेको हो । बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन यो समिती गठन गरिएको सरोकारवालाको भनाई छ ।

बझाङ जिल्लामा बालअधिकार तथा बाल संरक्षणको क्षेत्रमा क्रीयासिल, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालले समिती गठनमा सहजीकरण गरिएको बताईएको छ । प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशिले गठन गरिएको समितिले स्थानीय बालमैत्री शासकीय स्वरुप कार्यान्वयनका लागि अग्रणी भुमिका खेल्ने बताए ।

नगरपालिकाका ११ वटा वडा मध्ये ६ वटा वडामा प्रगतिशील युवा समाजले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । चालू आर्थिक बर्षमा कम्तिमा एउटा वडालाई बालमैत्री वडा घोषणा गर्ने संस्थाको लक्ष्य रहेको प्रगतिशील युवा समाजका फिल्ड संरक्षण अफिसर बिनोद थापाले बताए ।

बालमैत्री स्थानीय शासन समिती गठनको क्रममा नगर प्रमुख खड्काले स्थानीय निकाय र साँझेदारि संस्थाहरुको समन्वयमा विशेष जोड दिएका छन् ।

बालअधिकार, लैङ्गिक विभेद,तथा बालमैत्री स्थानीय शासनको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्था एवं नागरिक समाजले एकजुट भएर काम गर्नुपर्ने आवस्यक भएको उनले बताए ।