NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी हुन् एमसिसीविरुद्ध माओवादी केन्द्रले लगाएका ६ नारा

काठमाडौं । संसद्मा अमेरिकी परियोजना एमसिसीबारे छलफलको विषयले प्रवेश गरिहेका बेला सत्तारुढ माओवादी केन्द्र, विप्लव समूसहित ६ वाम घटकसहितका राजनीति दल तथा संगठनहरूले प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, वाइसिएल, अखिल (क्रान्तिकारी)लगायत माओवादी केन्द्रका विभिन्न भ्रातृ संगठनहरूले पनि एमसिसीविरुद्ध प्रदर्शन गरिहेको छ ।

रामप्रसाद सापकोटा दीपशिखा, पञ्चा सिंह लगायतका नेता–कार्यकर्ताको एउटा समूह बबरमहलदेखि बानेश्वर चोकतिर नारा लगाउँदै गइरहेको छ । उनीहरुले लगाएका ७ नारा यस्ता छन् ।

१. राष्ट्रघाती एमसिसी खारेज गर
२. अमेरिकी साम्राज्यवाद मुर्दावाद
३. अमेरिकी दलालहरू होसियार
४. देश बेच्न पाइँदैन
५. वैदेशिक हस्तक्षेप बन्द गर
६. जनताको एकता जिन्दावाद ।