NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ओमानले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै नेपाल

काठमाडौं । अष्ट्रेलियामा आगामी अक्टोबर र नोभेम्बरमा हुने टि–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ ।

जित्नैपर्ने खेलमा युएईसँग फराकिलो ६८ रनको हार बेहोरेपछि नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना सकिएको हो ।

विश्वकप छनोटअन्तर्गत ग्रुप बीमा तीनवटै म्याच जित्दै नेपाल सेमिफाइनमा पुगेको थियो । तर पारम्परिक प्रतिद्धन्द्धी युएईसँग १७६ रन पछ्याउने क्रममा नेपाल १०७ रनमा अल आउट भएको थियो ।

पराजित भएको नेपालले तेस्रो स्थानका लागि फेरि ओमानसँग आज खेल्दैछ ।

यसैबीच, टस जितेर ओमानेले ब्याटिङ रोजेको छ । नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

ओमानलाई समूह चरणको पहिलो खेलमा नेपालले ३९ रनले पराजित गरेको थियो ।