NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

लिग च्याम्पियन मछिन्द्रलाई फिफा अध्यक्षले दिए बधाई

काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको सहीद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएका छन् ।

अध्यक्ष इन्फान्टिनोले मछिन्द्रलाई आज बधाई दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ ।

‘लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रलाई फिफा अध्यक्षले शुभकामना सन्देश पठाउनुभएको छ’, एन्फाले आज आफ्नो फेसबुक पेजमा लेखेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई २–१ गोल अन्तरले हराएर अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन बनेको हो ।

मछिन्द्रले लगातार दोस्रो वर्ष लिगको उपाधि जितेको हो । हालसम्म मछिन्द्रले दुईपटकमात्र उपाधि जितेको छ ।