NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक : एमसिसीको व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय

काठमाडौं । सिंहदरबार र बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद्को बैठक बानेश्वरस्थित संसद भवनमै बसेको छ । संसद् भवनको कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकले एमसिसीमा व्याख्यात्मक टिप्पणीलाई संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको हो । सत्तारुढ दलबीच एमसिसीमा उठेका प्रश्नमाथि व्याख्यात्मक टिप्पणी गर्ने सहमतिपछि संसदबाट पास गर्ने सहमति बनेको थियो ।

सामान्य छलफलपछि आाधा घण्टालाई स्थगित भएको संसद् बैठक फेरि सुरु भएपछि मन्त्रिपरिषद्ले गरेको उक्त व्याख्यात्मक घोषणाको निर्णय पेश हुनेछ । त्यसपछि एमसिसीमा विस्तृत छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ ।