NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर पाँच लाख घुससहित पक्राउ

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख (मेयर) धर्मेन्द्रकुमार पटेलसहित चारजना घुससहित पक्राउ गरेका छन् ।

मेयर पटेलसहित चारजनालाई काठमाडौंबाट आज गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेयर यादवसहित उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखा प्रमुख खरिदार मुकेश पटेल र सह–लेखापाल प्रदीपकुमार यादव छन् ।

नगरपालिको वडा नं. १ को वडा कार्यालय निर्माणका क्रममा मेयर पटेलले अन्तिम बिल भुक्तानीका लागि पाँच लाख मागेको अख्तियारले जनाएको छ ।

सोहीबापतको रकम दुई लाख ५० हजार नगद र त्यही नै रकमको चेकसहित मेयरसहित चार जनालाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

No description available.

 

No description available.