NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
एमसिसी अनुमोदन

अरूले हात उठाए, देउवाले मुठ्ठी

काठमाडौं । आज एमसिसी अनुमोदन गर्ने क्रममा अनौठो देखियो । पारितको पक्षमा अरु सांसदले हात उठाइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने मुठ्ठी उठाए ।

प्रायः कम्युनिस्टहरूले मुठी उठाउने गर्छन् । तर, कांग्रेस सभापति रहेका देउवाले मुठी उठाउनु अनौठो र फरक दृश्य हो ।

सत्ता गठबन्धनकै नेता एमसिसीको विपक्षमा लागेपछि केही दिन यता देउवा दबावमा थिए । उनले लामो कसरत गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई मनाए ।

अन्ततः विवादित एमसिसी बहुमतले पारित गराउन सफल भए । यसै सफलतास्वरुप भावुक भएर देउवाले मुठी उठाएको हुनसक्ने विश्लेषण गरिएको छ ।