NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि एमसिसी मुख्यालयको पहिलो प्रतिक्रिया यस्तो छ

काठमाडाैं । एमसिसीले ५० करोड डलरको आर्थिक अनुदान सम्झौतालाई नेपालले संसदबाट अनुमोदन गरेकोमा स्वीकार गरेको छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले गत आइतबार नेपालको संसदबाट अनुमोदन भएको आर्थिक सहायताको सम्झौतालाई स्वीकार गरेको हो । अब एमसिसी र नेपाल मिलेर यो सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संसदबाट बहुमतले पारित भएको एमसिसी सम्झौतालाई आफूहरूले स्वीकारेको उनीहरूको भनाई छ । आर्थिक नभई सैन्य र रणनीतिक भन्दै प्रश्न उठेपछि १२ बुँदे व्याख्यात्मक घोषणापछि एमसिसी पास संसदबाट अनुमोदन भएको थियो । संसदबाट एमसिसी अनुमोदन हुनुले नेपाललाई लोकतान्त्रिक र सावैभौमसत्ता सम्पन्न मुलुकको रुपमा सधैं कायम गराएको जनाइएको छ ।

एमसिसी पास भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अब मिलेर अघि बढ्नुपर्ने बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै उनले एमसिसीमा मिलेर अघि बढ्ने बताएका थिए ।

नेपाली ६० अर्ब रुपैयाँको यो आर्थि सहायता नेपालमा प्रसारण लाइन र सडक पूर्वाधार निर्माणमा खर्च हुने जनाइएको छ ।