NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्रिकेटर शेन वार्नको निधन, जो थिए सन्दीपका आइडल

काठमाडौं । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको निधन भएको छ । उनले आज हृदयघातका कारण निधन भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको हो । उनले १५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका थिए ।

वार्नले आफ्नो खेल जीवनभर टेष्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा थिए ।

सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए ।

वार्न नेपाली कप्तान सन्दीप लामिछानेका आइडल हुन् । आफू वार्नको क्रिकेटबाट प्रभावित भएर बलर भएको उनी बताउने गरेका छन् ।