NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विवादले माओवादी केन्द्रीय कमिटी बैठक प्रभावित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बिहान बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे केन्द्रीय कमिटी सदस्यहरूलाई जानकारी दिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

दिउँसो २ बजे बस्ने भनिएको बैठक आन्तारिक तयारी नपुगेको कारण देखाउँदै भोलिसम्मको लागि स्थागित भएको केन्द्रीय सदस्य वीरमान चौधरीेले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा अध्यक्ष प्रचण्डले एमसिसी सम्बन्धमा पेश गरेको रिर्पोटमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने कार्यतालिका छ । त्यसपछि अन्य विषयमा पनि छलफल केन्द्रित रहने नेत्री रोक्काले जानकारी दिइन् ।

‘शुक्रबारको बैठकमा अध्यक्षले एमसिसी सम्झौता पास नगरेको भए माओवादी पार्टीलाई समाप्त पार्ने खेल भएकाले पार्टीलाई ठूलो दुर्घटनाबाट बचाउन माओवादी केन्द्र एमसिसीको पक्षमा उभिएको बताउनुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै रोक्काले भनिन्, ‘आजको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको रिर्पोटमाथि छलफल गरेपछि अन्य एजेण्डाबारे छलफल हुनेछ ।’

बैठकमा नेताहरूको केन्द्रीय सदस्य थप तथा मनोनीत, संगठनिक कार्यविभाजन, पदाधिकारी चयन, स्थायी कमिटी, ब्योलिटब्यूरो गठन, विभाग गठन, स्थानीय तहको च्ुनाव सम्बन्धी रणनीति र विविध एजेण्डाबारे छलफल हुने रोक्काले जानकारी दिइन् ।

पुसमा भएको महाधिवेशनपछि पुस १९ मा पहिलो बैठक बसेपछि त्यसयता पटक–पटक बैठक स्थगित हुँदै आएको थियो । १५ फागुनमा एमसिसी सम्झौता संसदबाट पारित भएपछि माओवादीभित्रको विवाद चर्किएको छ । यही विवादका कारण बैठकको पूर्वनिर्धारित एजेण्डा प्रभावित हुँदै आएको छ ।