NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अनन्त बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) खेल्ने पहिलो खेलाडी बनेका छन् ।

नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्तले गएराति स्पोर्टिङ क्लब इस्ट बंगालबाट डेब्यू गर्दै आएएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

उनी बेङ्गलुरुविरुद्ध सुरुवाती–११ मै परेका थिए । यद्यपि, उनी सम्मिलित इस्ट बंगालले हार व्यहोरेको छ ।

इस्ट बंगाललाई भारतका कप्तान सुनील क्षेत्रीको टोली बेङ्गलुरु एफसीले १–० गोल अन्तरले हराएको हो ।

बेङ्गलुरुलाई जित दिलाउन उनै सुनिलले २४ औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।

इस्ट बंगालले नेपाली सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।