NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

महाभियोग सिफारिस समिति गठन (सूचीसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चार, कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक–एकजना रहेका छन् ।

एमालेबाट : विष्णु पौडेल, लालबाबु पण्डित,. शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल ।

कांग्रेस : मिनबहादुर विक र रामबहादुर विष्ट ।

माओवादी केन्द्र : यसोदा सुवेदी र रेखा शर्मा ।

एकीकृत समाजवादी : कल्याणी खड्का ।

लोसपा : एकवाल मियाँ ।

जसपा : प्रमोद साह ।