NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
अन्तर्वार्ता

अराजकमाथि प्रचण्ड निर्मम भए हामी साथ दिन्छौं : धर्मशीला चापागाईं

व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसिसी १५ फागुनमा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्तारूढ दलभित्र विवाद चुलिएको छ । विवादकै घेराबीच शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

आठौं महाधिवेशनको म्याण्डेट र स्थायी कमिटी बैठकको निर्णयविपरीत नेतृत्वले एमसिसी पास गर्न सहमति जनाएको आरोप लगाउँदै पूर्वएकता केन्द्र समूहका नेताहरूले नेतृत्वप्रति तीब्र असन्तुष्टि जनाएका छन् । एमसिसी प्रकरणका कारण आइतबारलाई तय गरिएको बैठक स्थगित भएको छ । पूर्वनिर्धारित एजेण्डासमेत प्रभावित हुँदै आएको छ ।

यसै विषयमा पूर्वसंविधानसभा सदस्य एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंसँग नेपालवाचका गणेश पाण्डेले पार्टीभित्र देखिएको विवाद र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनबारे कुराकानी गरिएको सम्पादित अंश :

व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता संसद्बाट पास भएपछि पार्टीभित्र चुलिएको विवाद अझै साम्य भएको छैन, यसैकारण आइतबार बस्ने भनिएको बैठकसमेत बस्न सकेन यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

पार्टीभित्र वैचारिक बहस हुने कुरा नराम्रो भन्न सकिँदैन । जीवित पार्टीमा बहस भएन भने पार्टी सही ढंगले अगाडि बढ्दैन । पछिल्लो समय पार्टीभित्र विचारको बहस पुगेन कि भन्ने लाग्छ । अन्य कुरामा ठीक भएपनि राष्ट्रियताको सन्दर्भ, जनजीविका, कार्यदिशाको सवाल कार्यनीति, योजनाबारेमा अझै बहस पुगेन जस्तो लाग्छ ।

अहिले हाम्रो बहस संगठनात्मक रूपमा को कहाँ बस्ने ? कसले कुन पद पाउने भन्नेमा भयो त्यो गलत छ । पदीय जिम्मेवारीको सम्बन्धमा छलफल गर्न सकिन्छ तर मुख्य त विचारधारात्मक ढंगले हुनुपर्छ । सही विचारधाराले संगठन निर्माणको आधार बनाउँछ । भर्खर सम्पन्न महाधिवेशनले संविधानले अंगिकार गरेको विषयलाई बलपुग्ने गरी कार्यदिशा पास भएको छ । प्रतिनिधिले उठाएका प्रश्नहरू समेटेर तल्लो तहसम्म जान ढिला भइसकेको छ । अध्यक्षको प्रतिवेदनले आत्मविश्वास बढाएको छ । अब विवादमा अल्झिएर होइन, महाधिवेशनले पास गरेको लाइनमा पार्टीलार्ई एकताबद्ध बनाएर लैजानुपर्छ । त्यसकै तयारी नपुगेर बैठक स्थगित भएको हो । बाहिरबाट सोचेजस्तो असहज स्थिति पार्टीमा छैन ।

एमसिसीले पार्टी नै विभाजन हुने हो कि भन्ने बाहिर आशंका छ, त्यसैलाई बल पुग्नेगरी नारायणकाजी श्रेष्ठलगायत नेताहरूले तयारी गरिरहेका छन् भन्ने कुरा के हो त ?

यो उनीहरूको बार्गेनिङ गर्ने तरिका हो । पार्टीभित्र पालिका र वडा अधिवेशनले अहिले राम्रो आधार बनेको छ । तल्लो तहका कार्यकर्ताहरू निकै उत्साही छन् । प्रतिगमनको लडाइँ र राष्ट्रियताको विषयमा प्रचण्डको अडानका कारण धेरै राम्रो भएको छ । त्यसलाई संगठित गर्न आवश्यक छ । माथि नेतृत्व नमिल्दा समस्या भएको छ । नेतृत्व तहमा अध्यक्षले निर्मम भएर प्रस्तुत भए तल्लो तहमा हामी नियन्त्रण गर्छौं ।

प्रतिगमनको लडाइँ र राष्ट्रियताको विषयमा प्रचण्डको अडानका कारण धेरै राम्रो भएको छ । त्यसलाई संगठित गर्न आवश्यक छ । माथि नेतृत्व नमिल्दा समस्या भएको छ । नेतृत्व तहमा अध्यक्षले निर्मम भएर प्रस्तुत भए तल्लो तहमा हामी नियन्त्रण गर्छौं ।

माथिबाट जिल्लामा अरुलाई खेल्न दिनुभएन । जसलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ, उसलै नियन्त्रण गर्ने स्थिति बनाए माथिका नेताहरूले खेल्न पाउँदैनन् । माथिबाटै गिजोल्लिएपछि कसरी काम गर्नु ? अध्यक्षसँगको भेटमा मैले तल्लो तहमा राम्रो परिणाम आएको छ, बार्गेेनिङ गरेर पद खानेसँग नतर्सिनोस् भनेर मैले भनेको छु ।

दुई महिना बितिसक्दा समेत पदाधिकारी चयन हुन सकेको छैन । त्यसमाथि अहिले एमसिसी विवाद थपिएको छ, यसले पार्टीलाई कहाँ पु¥याउँछ ?

पहिलो कुरा मेरो विचारमा पार्टीको स्पष्ट कार्यदिशा नहुँदा समस्या आएको छ । यसमा नेतृत्वले जसरी विचार पु¥याउनुपथ्र्यो, त्यहाँ पर्याप्त ध्यान पुगेन । महाधिवेशन अघिसम्म राष्ट्रिय सम्मेलन भनेर प्रचार गरियो भलै निर्वाचनपछि विशेष महाधिवेशन गरी ठोस ढंगले अघिबढ्ने भनिएको छ । जे भएपनि आठौं महाधिवेशनले तत्काल नयाँ विचारधारासहितको प्रतिवेदन पास ग¥यो, पार्टी निर्माणका लागि त्यो मूलआधार हो ।

त्यसलाई तलसम्म लैजान नसक्दा संगठनात्मक कतिपय विकृतिहरू हल हुन सकेका छैनन् । सिद्धान्तले दृष्टिकोण निर्माण गर्छ । दृष्टिकोणले कार्यनीति तय गर्छ । कार्यनीतिले कार्ययोजना बनाउँछ । त्यो कार्ययोजनाले नेतृत्व गर्ने संगठन बनाउँछ । महाधिवेशनले कार्ययोजना र कार्यनीति तय गर्छ । त्यसको सेवा गर्ने संगठन विधि तय गर्नुपर्छ । अहिले त्यसमा ठोस नीति तय हुन सकेको छैन । संघीय संरचनाअनुसार प्रदेश र पालिका बनायौं । त्यसलाई सही ढंगले नेता तथा कार्यकर्ताले नबुझ्दा अन्योलता सिर्जना भएका छन् ।

कसैले जस दियो भने तुरून्त पहल गरिहाल्नुपर्ने हाम्रो अध्यक्षको बानी छ । कामको मूल्याङ्कन गरिएन र चौतर्फी घेराबन्दी भयो भने अप्ठ्यारो मान्नुहुन्छ ।

दोस्रो कुरा ठूलो पार्टी बनाउन सबैले आ–आफ्ना आग्रह, पूर्वाग्रहजस्ता सामन्ती सोच त्याग्नुपर्छ । स्वतन्तपूर्वक नेतृत्व विकास हुन नसक्दा पार्टीभित्र समस्या भएको छ । हिजो हाम्रो चार हजारको कमिटी बन्यो । सयबाट सुरु भएको कमिटी चार हजार पुग्यो । त्यसलाई एकैपटक दुई सयमा झेलियो । यस्ता खालका संगठात्मक अस्थिरताले समस्या भएको छ । यसका लागि स्थिर नीति आवश्यक छ । यस्ता जटिलता अहिले पनि कायमै छ । केन्द्रीय कमिटी, पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी बनाउन नसक्नुको कारण यही हो । स्वतन्त्रपूर्वक नेतृत्व विकास भएको भए यस्तो समस्या आउने थिएन । महाधिवेशनले जुन विचार पास गरेको छ, त्यो प्रतिवेदन अनुसार कार्यनीति र कार्ययोजना बनाउँदै लैजानुपर्छ । त्यसमा प्रवेश गरेपछि अहिले देखिएका विकृति समाप्त हुँदै जान्छ ।

तपाईँ शनिबार अध्यक्षलाई भेट्नुभएको थियो भेटको क्रममा उहाँले के भन्नुभयो ?

भेटमा अध्यक्ष निकै उत्साहित हुनुहुन्छ । एमसिसीको उतारचढाको बीचमा सम्झौतालाई सुरक्षित अवतरण गरिएको छ । अध्यक्षकै पहलकदमीले व्याख्यात्मक टिप्पणीसहितको एमसिसी पास भयो । जनस्तरसम्म विवाद रहेको एमसिसीलाई सुरक्षित अवतरण गर्नुभएको छ ।

एमसिसी र प्रतिगमनका विरुद्ध अध्यक्षले जसरी पहलकदमी लिनुभयो तर उहाँको पहललाई सही मूल्याङ्कन गरिएन । हाम्रो अध्यक्षको बानी कस्तो छ भने जस दियो भने तुरून्त पहल गरिहाल्नुहुन्छ । कामको मूल्याङ्कन गरिएन र चौतर्फी घेराबन्दी भयो भने अप्ठ्यारो मान्नुहुन्छ ।
उहाँसँगको भेटमा मैले अहिलेसम्म तपाईँले धेरै काम गर्नुभयो । त्यसको प्रभाव तलसम्म सकारात्मक गएको छ । एमसिसी र प्रतिगमनविरुद्ध तपाईंले लिएको पहलकदमीले पार्टीभित्र मात्र नभइ बाहिरका मानिस पनि आशावादी भएका छन् । तल्लो तहमा थपिएको उत्साहलाई माथिसम्म हल गर्ने हो भने पार्टीले गति लिन्छ भने । आगामी चुनावमा हामी ठूलो दल बन्न सक्छौं भनेर मैले सुझाव दिएको छु । मेरो कुराबाट उहाँ निकै उत्साही हुनुहुन्छ ।

अन्त्यमा, शुक्रबारको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले एमसिसी प्रकरणमा माओवादीलाई घेराबन्दी गरियो भन्ने रिर्पोटिङ राख्नुभयो, के स्थिति त्यस्तै भएको हो ?

प्रतिगमनको लडाइँमा नेतृत्वले जसरी अडान लिनुभएको थियो, त्यसरी एमसिसीमा किन विचलित भयो होला भन्नेमा हामी पनि अलमलिएका थियौं । महाधिवेशनमा एमसिसी पास गर्न हुँदैन भनेर हामीले कुरा ग¥यौं । अहिले अध्यक्षलाई के बाध्यता र घेराबन्दी भयो र एमसिसी पास गर्नुभयो भनेर प्रश्न ग¥यौं । अध्यक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र बाध्यताका विषयमा खुलेर भनिसकेपछि हामी प्रष्ट भयौं ।