पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने
काठमाडौं । नायिका पूजा शर्मा पनि पल प्रकरणको अनुसन्धानमा तानिन सक्ने तनहुँ प्रहरी स्रोतले जनाएको छ ।
एक नाबालिग गायिकामाथि भएको बलात्कारको आरोपमा पक्राउ परेका अभिनता पल शाहको पक्षमा वकालत गरेका कारण उनी अनुसन्धानमा तानिन सक्ने एक अनुसन्धान अधिकृतले बताए ।
आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापारमा असर पर्छ भनेर पूजाले नाबालिग गायिकालाई पलविरुद्ध नबोल्न दबाव दिएको पाइएको प्रहरीको दाबी छ ।
गत फागुन १२ गते पलविरुद्ध गायिकाका बुवाले जाहेरी दिएका थिए । त्यसभन्दा केही दिनअघि ती नाबालिग गायिकाले एउटा युट्युबमा पल आफ्नो अभिभावक भएको बताएकी थिइन् । यसो भन्नुमा पूजाको दबाव रहेको बताइएको छ ।
पूजाले तनहुँको दमौलीमा प्रहरी हिरासतमा रहेका पललाई केही दिनअघि पुगेर भेटेकी थिइन् ।
पल शाह दोषी हुनसक्ने ५ बलिया प्रमाण
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया