एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री कांग्रेस प्रवेश
काठमाडौं । एमालेबाट गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका क्षेत्रीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराएका हुन् ।
केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा देउवाले क्षेत्रीलाई पार्टीको सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका हुन् ।
साथै एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया