NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादीबाट जितेका मेयरलाई एमाले प्रवेश गराउँदै ओली

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयरमा जितेका दिलीप बगडियालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी ओली मोरङको रंगेली पुग्दैछन् ।

अध्यक्ष ओलीले आज दिउसो हुने एक कार्यक्रमका बीच मोरङको रंगेली नगरपालिकाका मेयरलाई एमालेमा प्रवेश गराउन लागेका हुन् ।

माओवादी केन्द्रले यस अघि १५ फागुनमै बगडियालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।