NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बराबरीका बाबजुद सिटी क्वार्टरफाइनलमा

काठमाडौं । बराबरी खेल्नका बाबजुद इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग गोलरहित बराबरी खेल्नका बाबजुद सिटी पहिलो लेगको नतिजाका आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि लिस्बनमा भएको खेलमा सिटीले ५–० ले विजयी भएको थियो । समग्रममा पनि ५–० को जतिजाका साथ सिटी अन्तिम आठमा पुगेको हो ।

च्याम्पियन्स लिगको अर्को खेलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।

गएराति सकिएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग समग्रमा ३–२ गोलले पराजित हुँदै पिएसजी प्रतियोगिताबाटै बाहिरिएको हो ।

च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा

ताजा अपडेट

नेपालवाच विशेष