आफ्नो टोलीले हारेपछि पिएसजीका अध्यक्षले गरे रेफ्रीका सामान तोडफोड
काठमाडौं । स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टफाइनलबाटै बाहिरएको छ । यससँगै अहिले पिएसजीका खेलाडीको आलोचना भइरहेको छ ।
तर, यता पिएसजीका अध्यक्ष नासेर अल–खेलाइफी भने रेफ्रीका कारण आफ्नो टोली पराजित भए भन्दै आक्रोशित भएका छन् । उनी खेल सकिएपछि रेफ्रीमाथि खनिए ।
आक्रोशित भएका खेलाइफी रेफ्रीको ड्रेसिङ रुममा प्रवेश गर्न खोजेका थिए ।
तर रेफ्रीले उनलाई बाहिर जान आग्रह गरेका थिए । त्यसपछि उनै झनै आक्रोशित भए । उनले रेफ्रीको सामान तोडफोड गरे ।
खेलाइफीले तोडफोड गरेको दृश्य रियल मड्रिडका स्टाफले खिचेका हुन् । उक्त दृश्य उनीमाथि कारवाहीका लागि युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएलाई पठाउने भएको छ ।
अन्तिम १६ को दोस्रो लेगमा पिएसजी स्पेनिस क्लब रियलसँग बुधबार राति ३–१ ले पराजित भएको छ । पहिलो लेगमा भने पिएजी १–० ले अगाडि थियो ।
रियलले समग्रमा ३–२ ले खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया