NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रहरी प्रधान कार्यालयले भन्यो, ‘म्यादी प्रहरी माग गरिएको छैन’

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित÷प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको जानकारी गराएको छ ।

आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।