NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्त्रिपरिषद्को बैंठकले अंगदानसँगै स्वास्थ्य क्षेत्रमा के-के निर्णय गर्‍यो ?

काठमाडाैं । बिहीबार बसेको मन्त्रिपरिषदको बैंठकले मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्ध परिक्षण निशुल्क गर्ने निर्णय गरेको छ ।

बैंठकले ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रश्तावमा सरकारका सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने जनाइएको छ ।

मन्त्रिपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत स्वीकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको बताइएको छ ।

बैठकमा मन्त्री खतिवडाले मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका थिए । उनीसँगै प्रधानमन्त्री शेरबहादुर देउवालगातत बैठकमा सहभागी अन्य मन्त्रीले पनि अंग दान गर्ने भएका छन् मिर्गौला दिवसको अवसरमा अंगदान गर्ने बैठकमा जानकारी गराएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष