NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
प्रिमियर लिग :

१४ वर्ष २ महिनापछि रोनाल्डोको ह्याट्रिक, फिफाको बधाई

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झण्डै १४ वर्ष ५९ दिनपछि इंग्लिस प्रिमियर लिगमा ह्याट्रिक गरेका छन् । उनले गएराति टोटनहम हटस्परविरुद्ध ह्याट्रिक गर्दै उनले युनाइटेडलाई जित दिलाए ।

गएराति भएको खेलमा युनाइटेडले टोटनहमलाई ३–२ गोल अन्तरले हराएको हो ।

इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएपछिको यो उनको पहिलो ह्याट्रिक हो । उनले आफ्नो करिअरको ४९ औँ ह्याट्रिक पूरा गरेका छन् ।

यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

रोनाल्डोले ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

यद्यपि, फुटबलको सर्वोच्च निकाय फिफाले भने यस्को आधिकारिक पुष्टि गरेको छैन ।

तर, ३७ वर्षको उमेरमा पनि ह्याट्रिक गर्न सकेको भन्दै फिफाले रोनाल्डोलाई बधाई दिएको छ ।

यस जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।