गीत प्रकरणबारे बालेन : गीत बलियो होइन, पार्टी कमजोर हो
काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’का केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्धका पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको साे अंशमाथि सत्तारुढ दल माओवादी केन्द्रका कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
यस गीतलाई लिएर नेपाली दुई खेमामा विभाजित भइरहेका बेला र्यापर तथा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)का उम्मेदवार बालेन शाहले पनि प्रतिक्रिया जनाएका छन् ।
बालेनले गीतले औँल्याएका कमजोरी सुधार्नुको सट्टा गायकलाई धम्क्याएर युट्युबबाट गीत हटाउन लगाएको भन्दै आपत्ति जनाएका छन् ।
कुनै पनि एउटा गीतले व्यवस्था र पार्टी हल्लिनु गीतमात्र बलियो नभएर व्यवस्था वा पार्टी (माओवादी केन्द्र) कमजोर रहेको पुष्टि भएको उनको भनाइ छ ।
‘यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो होइन, त्यो व्यवस्था र पार्टी कमजोर हो,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यथार्थलाई अंगालेर, आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने होइन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो । परिवर्तन भनेको नै यही हो ।’
घाइते योद्धा भन्छन्–प्रकाश सपुतले ‘पिर’ गीतमा देखाएकोभन्दा दर्दनाक अवस्था भोग्दैछौँ
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया