NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मेगा बैंकको शाखा कुलेश्वरमा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो ।

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।