NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘रस छ फूलैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । “रस छ फूलैमा“ बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द सदानन्द कँडेलले कोरेका हुन् प्रमोद पन्तको संगीत सिर्जना रहेको छ ।

गीतलाई सन्दीप परियार र मेनुका परियारले स्वरमा दिएका छन् ।

रिदम कँडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसीले रेकर्ड गरेका हुन् ।

युवायुवती बीचको प्रेम प्रसंगलाई दर्साइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो पिपिएम क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाईँले खिचेका छन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।