NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते
लाग्यो चुनाव :

सरकारले माग्यो एक लाख म्यादी प्रहरी, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले आसन्न स्थानीय निर्वाचनका लागि एक लाख प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खुलाएको हो ।

१८ वर्ष पुरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्ने आज जारी गरिएको सूचनामा उल्लेख छ ।

इच्छुकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधासरह ४० दिनको तलब पाउनेछन् ।

छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुने, चैत २२ गतेसम्मसम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।