NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
च्याम्पियन्स लिग :

आयाक्सलाई पाखा लगाउँदै बेन्फिका क्वार्टरफाइनलमा

काठमाडौं । डच क्लब आयाक्सलाई हारउँदै पोर्चुगिज क्लब बेन्फिका युराेपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा घरेलु टोली आयाक्सलाई १–० को गोल अन्तरले हराउँदै क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

डार्बिन नुनेजले ७७ औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।

यसअघि भएको पहिलो लेगमा यी दुई टोलीले २–२ को बराबरी खेलेका थिए । दोस्रो लेगको जितसँगै बेन्फिकाले समग्रमा ३–२ को नतिजा निकालेको छ ।

यस्तै, म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगको यात्रा पनि टुंगिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको म्याड्रिडसँग पराजित म्यानचेस्टर युनाइटेड च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको हो ।

च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड