NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

जाभीले भने, ‘मेसी बार्सिलोना फर्किन्छन् भने स्वागत छ’

काठमाडौं । फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले यदि लियोनल मेसीले बार्सिलोना आउन चाहे आफूले स्वागत गर्ने बताएका छन् ।

एल क्लासिकोको पूर्वसन्ध्यामा पत्रकारहरूले दिएको प्रश्नको जवाफ दिँदै जाभीले इतिहासकै उत्कृष्ट खेलाडीलाई पुनः बार्सिलोना फर्काउन सक्नु खुसीको विषय भउको बताए ।

‘मेसी इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्, त्यसैले उनले चाहेका बार्सिलोनामा सधैँ उनको स्वागत हुनेछ’, उनले भने ।

जाभी र मेसी पूवैसहकर्मी हुन् । उनीहरूले बार्सिलोनालाई चारवटा च्याम्पियन्स लिगसँगै थुप्रै उपाधि दिलाएका थिए ।

मेसी यसै सिजन स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब पिएसजी गएका थिए ।

पिएसजी अन्मि १६ बाटै बाहिरिएपछि त्यहाँ उनको आलोचना भइरहेको छ । यसै प्रशंगमा पत्रकारहरूले जाभीलाई मेसी बार्सिलोना फर्कने सम्भावनाबारे सोधेका थिए ।

यसको जवाफ दिने क्रममा जाभीले मेसीको पिएसजीमा क्न्ट्याक्ट अझै एक सिजन बाँकी रहेकोतर्फ संकेत गरेका थिए । यद्यपि, उनी अहिले नै क्याम्प नाउ आउँछन् भने पनि आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् ।

जाभी यतिबेला एल क्लासिकोको तयारीमा छन् । उनको टोली बार्सिलोनाले आज राति रियल म्याड्रिडको सामना गर्दैछ ।