NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

श्रीलंकामा आर्थिक अभावः कागज किन्न नसकेर विद्यालयको परीक्षा रद्द

काेलम्बाे । श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यार्थीहरूको परीक्षा रद्द गरेको छ । कोलम्बोबाट कागज आयात गर्न डलरको कमी भएपछि परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका छाप्न समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् । शिक्षा अधिकारीहरूले सोमबारबाट सुरु हुने परीक्षा कागजको अभावको कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्’, झन्डै ६० लाख जनसंख्या भएको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ ।

कक्षा ९, १० र ११ का यी परीक्षाहरु विद्यार्थीलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्न सकिन्छ वा सकिन्न भन्ने निर्णय गर्न निरन्तर मूल्यांकन गर्ने प्रक्रिया हो ।

श्रीलंका सन् १९४८ मा स्वतन्त्रतापछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिक समस्याका कारण मानिसहरु सडकमा निस्किएर सरकारको विरोध गरिरहेका छन् ।

श्रीलंकाको विदेशी सञ्चिति अहिलेसम्मकै न्यून रहेकोले आयात खर्च तिर्न संघर्ष गरिरहेको छ । इन्धन अभावले देशभित्र अत्यावश्यक आपूर्ति लगायतका यातायातमा रोक लगाएको छ र दैनिक घण्टौं लामो बिजुली सेवा कटौती भएको छ ।

विदेशी मुद्राको बहिर्गमनलाई रोक्न अधिकारीहरूले कार, भुइँ टाईल र अन्य उत्पादनहरूको आयातमा भइरहेको विद्यमान प्रतिबन्धमा केही फलफूल र दूधलाई समावेश गरेर आयात प्रतिबन्धलाई थप विस्तार गरेका छन् ।

अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावका कारण आर्थिक संकट भएपछि मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ । २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाका लागि बढ्दो मुद्रास्फीति नयाँ समस्या बनेको छ ।

टापु राष्ट्र श्रीलंकाले तत्काल आवश्यक खाद्यान्न र औषधि किन्न भारतबाट १ अर्ब ऋण लिएको छ । यस्तै, राष्ट्रपति गोटाबय राजपक्षेले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक सहयोग मागेका छन् ।

युक्रेन युद्धले श्रीलंका गम्भीर आर्थिक संकटमा