NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नासाले सार्वजनिक गर्यो नयाँ विशाल रकेट

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले पहिलोपटक आफ्नो विशाल रकेट प्रक्षेपण गरेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) भनिने विशाल रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरको प्याड ३९ बि मा पुर्याइएको हो ।

प्रक्षेपण सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जानका लागि तयार हुनेछ, तर त्यसका लागि अझै केही महिना लाग्ने नासाले जनाएको छ ।

अन्तरिक्ष यात्रीहरू यस दशकको अन्त्यतिर केही समय पछि चन्द्रमाको सतहमा जान एसएलएस रकेट चढ्न सक्नेछन् । यी मिसनहरू नासाको आर्टेमिस कार्यक्रमअन्र्गत पर्छन् । एक सय मिटर अग्लो एसएलएस सन् १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो ।

अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ । केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलोपटक बिहीबार बाहिर निकालिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष