NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

धुनिवेशीमा अझै एमाले बलियो, यस्तो छ ०७४ को चुनावी परिणाम

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा राजनीति दलहरू गाउँ केन्द्रित चुनावी कार्यक्रममा व्यस्त छन् ।

वैशाख ३० मा हुने निर्वाचनमा प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्र आ–आफ्नै हिसाबले तयारी गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर ७५३ वटै स्थानीय तहमा प्रतिबद्धता पत्रसहित वैशाख ९ मा घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

कांग्रेसले चुनावी तयारी सम्बन्धमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ । त्यस्तै माओवादी केन्द्रले सातै प्रदेशमा राजनीतिक तथा वैचारिक प्रशिक्षण सकेर चुनावी कार्यक्रम गर्ने तयारीमा छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने चुनाव भएकोले स्थानीय तहको निर्वाचनलाई सबै राजनीतिक दलहरूले विशेष महत्व दिएका छन् ।

देशभर अन्य स्थानीय तहमा जस्तै काठमाडौंसँग जोडिएको धुनिबेसी नगरपालिकामा पनि चुनावी रौनक बढेको छ । काठमाडौंको पश्चिमस्थित चन्द्रागिरी नगरपालिकासँग जोडिएको यस नगरपालिका त्रिभुवन राजमार्गको प्रस्थान विन्दूसमेत रहेको छ । देशकै केन्द्रीय राजधानीसँग जोडिएको नगरपालिका भएपनि विकासको दृष्टिले यो पालिका निकै पछाडि छ ।

०७४ को स्थानीय चुनावमा नौ वडा मध्ये एमालेले छ वडाध्यक्षसहित प्रमुख र उपप्रमुख जितेको थियो । गत भदौमा एमाले विभाजनपछि प्रमुख र उपप्रमुख एकीकृत समाजवादीमा गएका छन् ।

यसपटक एमालेलाई आफ्नो विरासत कायमै राख्ने चुनौती छ भने कांग्रेस र माओवादी केन्द्रलाई नयाँ इतिहास रच्ने चुनौती छ । कम्युनिष्टको गढ मानिएको यस नगरपालिका कांग्रेस र माओवादी केन्द्रले गठबन्धन कायमै राखी चुनावी मैदानमा उत्रिए एमालेका लागि क्षति पुग्न सक्छ । एक्ला–एक्लै चुनावी प्रतिस्पर्धा गरे एमालेले जित्ने सम्भावना जिवितै छ ।

यस्तो छ ०७४ को चुनावमा धुनिबेशी नगरपालिकाको अंकगणित

०७४ को चुनावी परिणाम हेर्दा यस नगरपालिकामा एमाले प्रमुख/उपप्रमुखसहित छ वडाध्यक्ष जितेर पहिलो दल भएको थियो । एमालेबाट बालकृष्ण आचार्यले ६ हजार ६ सय ६४ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दीपक लामिछानेले ४ हजार तीन सय ३५ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवार माधव राज पाण्डेले ३ हजार ९ सय २३ मत ल्याएर तेस्रो स्थान ओगटेका थिए ।

त्यस्तै एमालेको तर्फबाट उपमेयरका उम्मेदवार निरु खरेलले ६ हजार ६ सय २९ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनका निकटतम माओवादीका उम्मेदवार सावित्री आचार्यले ४ हजार ३ सय ४१ मत ल्याएर दोस्रो भएकी थिइन् । त्यस्तै कांग्रेसका उम्मेदवार अप्सरा कोइराला ३ हजार ९ सय २५ मत ल्याएर तेस्रो भएकी थिइन् ।

वडाध्यक्षमा एमालेबाट १ मा चन्द्रबहादुर तामाङ, २ मा बलराम कुँवर ४ मा हरिप्रसाद सुवेदी ६ मा कान्छा तामाङ ७ मा केदारप्रसाद पाठक र ९ मा साइँला राई विजय भएका थिए ।

दुई वडाध्यक्षसहित दोस्रो स्थान जितेको माओवादी केन्द्रले ५ मा कृष्णकुमार रेग्मी र ८ मा रामकृष्ण रेग्मीले जितेका थिए । त्यस्तै कांग्रेसबाट ३ मा प्रकाश हमालले वडाध्यक्ष जितेका थिए । धुनिवेशीमा कांग्रेसबाट निर्वाचित हुने एक्ला उम्मेदवार हुन् ।

एमालेले ६ वडाध्यक्षसहित २७ सदस्य जितेको थियो । माओवादी केन्द्रले २ वडाध्यक्षसहित ९ सदस्य जितेको थियो । कांग्रेसले एउटा सदस्य पनि जितेन ।

कसले कति मत ल्याएका थिए ?