NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रुस-युक्रेन शान्ति वार्ता: के-के छन् मुख्य एजेण्डा?

काठमाडौं । रूस र युक्रेनबीच एकमहिनादेखि युद्ध जारी छ । दाेस्राे विश्वयुद्धपछि सबैभन्दा ठूलाे युद्ध मानिएकाे यस घटनाकाे अन्त्यका लागि वार्ता चलिरहेकाे छ । युद्ध हुनुभन्दा अगाडिदेखि नै उठिरहेका केही मुद्दामा रुस र युक्रेनबीच सहमति बन्ने सम्भावना रहे पनि अझै महत्वपूर्ण विषयमा सहमति हुन सकेको छैन । युरोपेली मुलुक र अमेरिकाले युद्धविरामका लागि दबाव बढाउने निर्णय पनि हालै गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सबै छलफल टेबलमा हुने बताएका छन्, उनले लगभग एक महिना लामो युद्ध अन्त्य गर्न वार्ताको आह्वानलाई नवीकरण गरे तर मस्कोसँग कुनै पनि सम्झौता जनमत संग्रहमा्र्फत गरिने बताएका छन् ।

दुई पक्षले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाको स्थिति, डोनेट्स्क र लुहान्स्क, किएभले नेटो सदस्यता प्राप्त गर्ने प्रयासको बारेमा धेरै चरणमा वार्ता गरेका छन् । अहिलेसम्म कुनै सफलता हासिल भएको छैन तर जेलेन्स्कीले सोमबार फेरि आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताको लागि आह्वान गरे ।

रुसी नेताले युक्रेनद्वारा रुसी भाषी जनताको ‘नरसंहार’ विरुद्ध मस्कोले रक्षा गरिरहेको भन्दै आक्रमणलाई जायज ठहर्याएका छन् ।

युक्रेनी सहरहरु युद्ध र विनाशबाट गुज्रिरहेका छन् र देशका एक चौथाइ जनसंख्याः ४४ लाख मानिसहरु विस्थापित भएका छन् ।

राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई धम्क्याउनका लागि युक्रेनको प्रयोग गरेको आरोप लगाएका छन् । साथै युक्रेनले नेटोको सदस्यता लिने योजनालाई त्याग्नु पर्ने रूसकाे माग छ । यसका लागि किएभ पनि सकारात्मक देखिएको छ ।

रुसी नेताले युक्रेनद्वारा रुसी भाषी जनताको ‘नरसंहार’ विरुद्ध मस्कोले रक्षा गरिरहेको भन्दै आक्रमणलाई जायज ठहर्याएका छन् । रूसले फेबु्रअरी २४ मा आक्रमण सुरु गर्नुभन्दा केही दिन पहिला अलग हुने राज्यहरुकाे समर्थन गरे ।  पुटिनले लगाएको नरसंहारको आरोप वाहियात भएको युक्रेनले बताएको छ ।

मध्यस्थता कसले गरिरहेको छ ?
रुस तर्फको वार्ता समूहको नेतृत्व राष्ट्रपतिका सल्लाहाकार भ्लादिमिर मेडिन्स्कीले गरेका छन् । युक्रेनबाट रक्षा मन्त्री ओलेस्की रेज्निकोभ र राष्ट्रपतिका सल्लाहाकार मिखाइलो पोदोलिकले गरेका छन् ।

वार्तामा दुवै पक्षको मुख्य मुद्दामा युक्रेनका भूभाग नै रहेका छन् । सन् २०१४ मा रुसले क्रिमिया र फेबु्रअरी २१ मा पूर्वी युक्रेनबाट छुट्टिएका दुई क्षेत्र स्वघोषित डोन्सेक जन गणतन्त्र र लुहान्स्क जन गणतन्त्रलाई स्वतन्त्र राज्यका रुपमा दाबी गरेकाे छ ।

आक्रमणपछि रुसी सेनाले क्रिमियाको उत्तरी भाग, युक्रेनको दक्षिणी भाग, विद्रोहीहरु वरपरको क्षेत्र र किएभको पूर्व र पश्चिममा रहेको क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।  कम्तिमा पनि अर्को १ लाख ७० हजार वर्ग किलोमिटर क्षेत्र,  ट्युनिसिया आकारको क्षेत्र बराबरकाे भूगाेल रुसको नियन्त्रणमा छ । समग्रमा रुसले युक्रेनी क्षेत्रको करिब एक तिहाई भूभागमा आफ्नो दाबी गर्दै आएको छ ।

युक्रेनले आफ्नो क्षेत्रहरुमा रुसी नियन्त्रणको कुनै पनि मान्यतालाई स्वीकार्दैन र यी क्षेत्रहरुमा सार्वभौमसत्ता कायम राख्न बारम्बार जोड दिइरहेको छ ।

‘हाम्रो अडानहरु अपरिवर्तित छन्’, युक्रेनी वार्ताकार पोदोलिकले भने । उनले युक्रेनले वार्ताका एजेन्डामा मुख्य रूपमा युद्धविराम, रुसी सेनाको फिर्ता र बलियो सुरक्षा प्रत्याभूमिमा जोड दिएको बताएको छ । सोमबार स्थानीय युक्रेनी च्यानलहरुमा गरिएका टिप्पणीहरुमा जेलेन्स्कीले क्रिमिया र डोनबास क्षेत्रको भविष्य जनमत संग्रहका आधारमा हुने बताएका छन् ।

युक्रेनको नेसनल गार्डको हिस्सा रहेको अजोभ ब्रिगेडलाई मस्कोले युद्ध अपराधमा संलग्न नाजी संगठन भएको आरोप लगाइसकेकाे छ ।

तटस्थता भनेकाे के हाे ?

रुसले युक्रेनसँग तटस्थताको लागि आह्वान गरेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार तटस्थता ‘न्युट्रालिटी’ भनेको तेस्रो राष्ट्रहरुको सैन्य युद्धमा हस्तक्षेप नगर्ने, एकपक्षीय घोषणा वा जबरजस्ती ल्याइएको राज्यको दायित्व हो । रुसले युक्रेनलाई आफ्नो असंलग्न सेनासहित तटस्थ राज्य हुन जोड दिएको छ ।

युद्धभन्दा अघि पुटिनले नेटोको सदस्य नलिन र रुसी सीमाबाट नेटो सैनिकहरुलाई हटाउन माग गरेका थिए । तर यो अमेरिकाले ठाडै अस्वीकार गर्यो । केही विश्लेषकहरुले तटस्थताको मुद्दा रुसी रणनीतिक हितका लागि महत्वपूर्ण मानिने बताएका छन् । तर किएभले अब नेटो सदस्य नहुने स्वीकार गरिसकेको छ । युक्रेन तटस्थ भए पनि आक्रमणको पुनरावृत्ति रोक्न नेटो बाहिर सुरक्षा सम्बन्ध खोज्नु आवश्यक भने देखिन्छ ।

वार्ताका क्रममा युक्रेनी र रूसी मध्यस्थकर्ता । तस्बिरः अलजजिरा

डि-नाजिफिकेसनको अर्थ के हो ?

पुटिन भन्छन्, ‘युक्रेनले नाजीजस्ता समूहहरुलाई युक्रेनमा रुसी भाषी समुदायहरुविरुद्ध नरसंहार गर्न अनुमति दिएको छ’,  तर किएभले पुटिनले गरेकाे दाबी निराधार भनेर खारेज गरेको छ । युक्रेनको नेसनल गार्डको हिस्सा रहेको अजोभ ब्रिगेडलाई मस्कोले युद्ध अपराधमा संलग्न नाजी संगठन भएको आरोप लगाइसकेकाे छ ।

सन् २०१४ मा पूर्वी युक्रेनमा रुसी समर्थित विद्रोहीहरु विरुद्ध लडेका स्वयंसेवकहरुबाट अजाेभ गठन भएको थियाे । यसका संस्थापकहरूले चरम दक्षिणपन्थी, श्वेत सर्वोच्चतावादी र सेमिटिक विरोधी विचारहरु व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपतिका सहयोगीहरुले बारम्बार मरिउपोलको बन्दरगाह सहरको रक्षामा अजोभको भूमिका उल्लेख गरेका छन् । जेलेन्स्कीले युक्रेनी सहरहरुमा युद्धले गरेको विनाशको अवलोकनपछि रुसले नै युक्रेनीमाथि नाजीहरु जस्तै व्यवहार गरिरहेको बताएका थिए ।

वार्ता कहाँ भइरहेको छ ?
केही वार्ता बेलारुसी सीमामा वा बेलारुसमा व्यक्तिगत रुपमा भएको छ र शान्तिवार्ताका अन्य राउन्डहरु भिडियोमार्फत भइरहेको छ ।

आणविक हतियारले कतिसम्म क्षति गर्छ ?

नेटो ‘युक्रेन युद्ध’को कारण कसरी बन्यो ?