NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते
विश्वकप छनोट :

निर्णायक खेलमा पोर्चुगललाई पिरलो, हुने छैनन् पेपेसहित महत्वपूर्ण ४ डिफेण्डर

काठमाडौं । पोर्चुगलले विश्वकप छनोटको प्ले अफअन्तर्गत दुई निर्णायक खेल खेल्दैछ । सेमिफाइनलमा टर्कीसँग आफ्नै घरेलु मैदानमा मार्च २४ तारिखमा खेल्दैछ ।

सो खेल जितेमा पोर्चुगलले इटाली वा नर्थ मेसेडोनियासँग फाइनल खेल खेल्नेछ । यदि चारपटकको विश्वकप विजेता इटालीसँग परे यो खेल निकै कठिन हुनेछ । पोर्चुगल र इटालीमध्ये एउटा टोलीले विश्वकपमा स्थान नबनाउने निश्चित भइसकेको छ ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम विश्वकप खेल्न लागिरहेका छन् । यसैले जसरी पनि विश्वकपमा छनोट हुन चाहन्छ । यसर्थ यी दुई खेल गर या मरको स्थितिमा खेलिने निश्चित छ ।

यस्तोमा मुख्य प्रशिक्षक फर्नाण्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगललाई चोट र प्रतिबन्धले पिरोलेको छ । मुख्य डिफेन्डरहरू पोर्टोका पेपे, म्यानेचेस्टर सिटीबाट खेल्ने रुबेन डियाज र उल्सका नेल्सन सेमेडोले चोटकै कारण दुवै खेल गुमाउने निश्चित भएको छ ।

म्यानचेस्टर सिटीकै जाओ कान्सेलो भने टर्कीसँगको खेल जितेमा मात्र अर्को खेलका लागि उपलब्ध हुनेछन् । उनीमाथि एक खेलको प्रतिबन्ध लागेको छ ।

यस्तै, फ्रेन्च क्लब लिलका मिडिफिल्डर रेनाटो सान्चेस पनि चोटकै कारण टोलीमा अटाएका छैनन् ।

विश्वकप छनोटको निर्णायक खेलका लागि पोर्चुगलको टोली घोषणा, छैनन् दुई महत्वपूर्ण खेलाडी

ताजा अपडेट

नेपालवाच विशेष