NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

इराकमा महिलामाथि घातक हमला बढे

सुलेमानियाह । एक महिलालाई आफ्नो पतिले जिउँदै जलाएका छन् । अरूलाई बुबा वा किशोर भाइले गोली हानेर मारेका छन् – उत्तरी इराकको कुर्द क्षेत्रमा महिलाविरुद्धको रक्तपातपूर्ण हिंसा बढेको छ । युद्धग्रस्त इराकमा नारी हत्या, लिंगद्वारा उत्प्रेरित हत्यामा तीव्र वृद्धि भएको छ ।

विगत दुई महिनामा, अघिल्लो वर्षको तुलनामा महिला हत्यामा वृद्धि भएको छ, ‘कुर्दिश जनरल डाइरेक्टोरेट फर कम्बेटिङ वाइलेन्स अगेन्स्ट महिला अधिकारकर्मी हिवा करिम ज्वामिरले भनिन् ।

सन् २०२२ को पहिलो दुई महिनामा स्वायत्त इराकी कुर्दिस्तानमा ११ जना महिलाको हत्या भएको थियो, जसमध्ये अधिकांशलाई गोली हानी मारिएको थियो, सुलेमानियाहका एक अधिकारीले भने । सन् २०२१ मा ४५ महिलाको हत्या भएको थियो । अघिल्लो वर्षको तुलनामा यो २५ भन्दा हत्या भएका छन् ।

गत शुक्रबार बिहान सोरान गाउँमा एक १५ वर्षीय किशोरीलाई उनका बुबाले चलाएको ६ वटा गोली लागेर मृत्यु भएको थियो । उक्त व्यक्तिले पुलिसलाई आफ्नी छोरी दुई जना केटाहरूसँग राति अबेर गएको बताएका थिए । घरेलु हिंसा इकाईका अनुसार तथाकथित ‘अनर किलिंग’ पनि रेकर्ड गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को केही दिनअघि, कुर्दिस्तानको राजधानी अर्बिलमा २० वर्षीया मारिया सामीको शव सडकको छेउमा फेला परेको थियो । पीडित सामी सामाजिक सञ्जालमा आफ्नो नारीवादी भाषणका कारण चर्चामा थिइन् ।

इराकभरि, २०२० र २०२१ को बीचमा लिङ्गमा आधारित हिंसा १२५ प्रतिशतले बढेर २२ हजार भन्दा बढी घटना भएको थियो । संयुक्त राष्टसंघको बाल एजेन्सी युनिसेफले पनि ‘डिप्रेसन र आत्महत्यामा चिन्ताजनक बृद्धि भएको’ औंल्याएको छ ।

गत डिसेम्बरमा बग्दादमा एक १६ वर्षीया युवतीलाई उनीसँग विवाह गर्न चाहने वयस्कले एसिड प्रहार गरेको थियो । तर पछि ती पुरुषले एसिड प्रहारलाई अस्वीकार गरेका थिए ।

वर्षौंदेखि, कार्यकर्ताहरूले इराकमा महिलाविरुद्ध हिंसा र जबरजस्ती विवाहको निन्दा गर्दै आएका छन् । महिलाविरुद्ध हिंसा र जबरजस्ती विवाह रूढीवादी र पितृसत्तात्मक समाजमा आधारित रहेको छ ।

महिलाविरुद्ध हिंसाका घटनाहरू बढ्दै गएको लामो समयदेखि कुर्दिस्तानका कार्यकर्ता र स्थानीय समूह जन विकास संगठनका निर्देशक बहर मुन्जिर भने, ‘हत्या हुने अधिकांश महिला परिवारका सदस्यको सिकार हुने गरेका छन् ।’

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को केही दिनअघि, कुर्दिस्तानको राजधानी अर्बिलमा २० वर्षीया मारिया सामीको शव सडकको छेउमा फेला परेको थियो । पीडित सामी सामाजिक सञ्जालमा आफ्नो नारीवादी भाषणका कारण चर्चामा थिइन् ।

अर्को दिन, मार्च ९ मा, किर्कुक प्रहरीले मारियाका १८ वर्षीय भाइलाई हत्याराका रुपमा पक्राउ गरेको घोषणा गर्याे । हत्यारा भाग्दै गर्दा कुर्दिश टेलिभिजन च्यानलसँग फोनमा कुरा गरेर आफ्नी बहिनीले परिवारको आज्ञा पालन गर्न असफल भएको आरोप लगाएर हत्यालाई जायज ठहराउने प्रयास गरेका थिए ।

इराकमा रहेको संयुक्त राष्ट्रसंघीय नियोग र अर्बिलस्थित पश्चिमी देशका वाणिज्य दूतावासले उक्त हत्याको निन्दा गरेका थिए । केही आवाजहरूले अल्पसंख्यकहरूको अधिकारको रक्षा गरे तापनि पीडितको विरुद्धमा समाचारले अनलाइन घृणाको धार पैदा ग¥यो ।

श्रीमान एक साँझ नशाको अवस्थामा घर आएर श्रीमती शरीरमा पेट्रोलमा हालेर आगो लगाए । पीडित शिनयारका बुबा हुनर रफिकले एएफपीलाई भने । बाबुले हत्या गरेको जानकारी दिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो ।मर्नुअघि, शिनयारले हामीलाई तथ्यहरू भने,’ शोकमा परेका बुबाले भने । ‘हामीले यसलाई रेकर्ड गर्यौं, र हामीले अनुसन्धानकर्ताका लागि भिडियो बुझायौं ’ उनले भने ।

केही आवाजहरूले अल्पसंख्यकहरूको अधिकारको रक्षा गरे तापनि पीडितको विरुद्धमा समाचारले अनलाइन घृणाको धार पैदा गर्याे । जुन २०११ मा, कुर्दिस्तानले घरेलु हिंसा र महिलाको यौनाङ्ग विच्छेदलाई अपराध मान्ने कानून पारित गर्यो ।

कुर्दिस्तानका प्रधानमन्त्री मसरौर बरजानीले यस भयानक केसको भत्र्सना गरे, उनी महिलाविरुद्ध हुने हिंसात्मक आक्रमणबाट ‘गहिरो चिन्तित’ थिए ।म हरेक महिला, केटी र बालबालिकालाई दुर्व्यवहारबाट जोगाउन कटिबद्ध छु, यो प्रकोप अन्त्य हुनुपर्छ’ बरजानीले भनेका छन् ।

फेब्रुअरीको सुरुमा, दोहुक प्रहरीले उनीहरूले डोस्की आजाद नामकी २३ वर्षीया तेस्रोलिङ्गी महिलाको शव फेला पारेको बताएको थियो । ती तेस्रोलिङ्गी महिलालाई परिवारका सदस्यहरूले बहिष्कार गरेका थिए ।

संदिग्ध हत्यारा पत्ता लगाउन एक गिरफ्तारी वारेन्ट जारी गरिएको थियो । पीडितको भाइ, जो हालैका वर्षहरूमा युरोपमा बस्दै आएका थिए । उनले आफ्नो अपराध र शव कहाँ छ भन्ने जानकारी गराउन परिवारलाई फोन गरेको प्रहरीले जनाएको छ ।

इराकमा रहेको संयुक्त राष्ट्रसंघीय नियोग र अर्बिलस्थित पश्चिमी देशका वाणिज्य दूतावासले उक्त हत्याको निन्दा गरेका थिए । केही आवाजहरूले अल्पसंख्यकहरूको अधिकारको रक्षा गरे तापनि पीडितको विरुद्धमा समाचारले अनलाइन घृणाको धार पैदा गर्याे । जुन २०११ मा, कुर्दिस्तानले घरेलु हिंसा र महिलाको यौनाङ्ग विच्छेदलाई अपराध मान्ने कानून पारित गर्यो ।

दण्डहीनताको वातावरण र बोल्ने सामान्य डरले कानूनको कार्यान्वयनमा बाधा पुगेको छ । ‘जब एउटी महिलाको हत्या हुन्छ, सुरक्षा सेवाको कार्यविधि पुरुष हुँदाको जस्तो हुँदैन, परीक्षण पनि समान हुँदैन,’ कार्यकर्ता मुन्जिरले भने । कतिपय मुद्दा अदालतसम्म पुग्दैनन् । तिनीहरू पुरुषको परिवार र उसको पत्नी, पीडितको बीचमा आदिवासी समाधानको अधीनमा छन् ।