NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फोर्स गुर्खा नेपाली बजारमा आजदेखि सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक गरेको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले यसबारे जानकारी दिए ।

करिब एक महिना अघि कम्पनीले उक्त गाडीको बुकिङ खुला गरिएको थियो । एक महिनापछि कम्पनीले आधिकारिक रुपमा नेपाली बजारमा गाडी सार्वजनिक गरेको हो । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त मानिएको यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैर्छो,’ अध्यक्ष थापा भने । ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्मूमा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ । लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ । मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा ९सेग्मेंट० एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ ।

कम्पनीका निर्देशक निरण चौधरीका अनुसार फोर्स गुर्खा सुरुवातमा ५ वटा, पाँचै रङमा उपलब्ध भएको बताए । उनका अनुसार यस गाडीमा ग्राहकको आकर्षण एकदमै राम्रो देखिएको छ । कम्पनीले चाँडै थप गाडी आयात गर्न लागेको उनको भनाई थियो ।

गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेका कम्पनीले जनाएको छ । साथै ग्राहकहरुले चार पटक सम्म निःशुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खा को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

फोर्स गुर्खाको बुकिङ खुल्ला, यस्तो छ सुरुवाती मूल्य