NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध मुद्दा हाले

वाशिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवार रहेकी डेमोक्रेटिक नेता हिलारी क्लिन्टनसहित अन्य नेताविरुद्ध बिहीबार मुद्दा दर्ता गरेका छन् ।

ट्रम्पले आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलारी क्लिन्टन र अन्य नेताहरुले राष्ट्रपति निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरु विरुद्ध मुद्दा दायर गरेका हुन् ।

सन् २०१६ को निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई जितेका थिए । तर उनले आफ्नो अभियानलाई कमजोर पार्नका लागि डेमोक्रेटिक नेताहरुले ‘अकल्पनीय षडयन्त्र’ गरेको आरोप लगाएका छन् ।

रूसी एजेन्टहरुसँग षडयन्त्र गरेर निर्वाचनकाे परिणाम आफ्नो पक्षमा पार्न ट्रम्पको अभियान र उनकाे प्रचार टोलीमाथि षडयन्त्र गरेकाे आरोप लगाएका छन् ।

ट्रम्पले आफ्नो २४ मिलियन डलर नोक्सान भएको भन्दै प्रतिवादीहरुबाट क्षतिपूर्ति पाउनु पर्ने दाबी गरेका छन् ।

सन् २०२० मा रिपब्लिकन नेतृत्वको अमेरिकी सिनेट समितिले जारी गरेको प्रतिवेदनले रुसले ट्रम्पलाई जिताउन सहयोग गर्न रिपब्लिकन राजनीतिक अपरेटिभ पल म्यानफोर्ट र विकिलिक्स वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।

रुसले उक्त निर्वाचनमा आफ्नो संलग्नता रहेको अस्वीकार गरेको छ ।

प्रतिवेदनमा षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको भनिएको थियो तर राष्ट्रपति ट्रम्पले न्यायमा बाधा पुर्‍याएको केही उदाहरणहरू प्रस्तुत गरेको थियो ।