NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

शिक्षण अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले रेडियोलोजी विभागअन्तर्गत अस्थायी दरबन्दीमा करार सेवामा क्लिनिकल रजिस्ट्रार पदको लागि एक जना कर्मचारी मागेको छ । अस्पतालले बिहीबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

अस्पतालका अनुसार इच्छुक नागरिकले सूचना जारी भएको दिनदेखि चैत २३ गतेसम्म कार्यलय समयभित्र दरखास्त दिन पाउने छन् । उम्मेदवारले दरखास्त दिँदा अस्पतालको हिमालयन बैंक महाराजगञ्जमा परीक्षा दस्तुरबापत् दुई हजार जम्मा गरी सक्कल भौचरसहित आवेदन दिन सक्ने अस्पतालले जनाएको छ ।

त्यस्तै उम्मेदवारको उमेर पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । उक्त पदका लागि उम्मेवारको न्युनतम योग्यता रेडियोलोजीमा एमडी अथवा इक्युभ्यालेन्ट गरेको हुनुपर्नेछ ।