NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

टी–२० सिरिजको उपाधि नेपाललाई

काठमाडौं । त्रिदेशीय सिरिजमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।

पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको लागि खतरनाक देखिएका सेसे बाउको विकेट करण केसीले लिएसँगै नेपाल उपाधिनजिक पुगेको थियाे ।

एकै ओभरमा करणले ३८ बलमा ५९ रन बनाएर खेलेका बाउ र काउबा मोरेको विकेट लिएपछि नेपाल उपाधिनजिक पुगेको थियाे ।
खेलमा दीपेन्द्रसिंह ऐरीले १८ रन दिएर ४ विकेट लिए ।

१६८ रन बनाउने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ बलमा ५४ रन बनाए । करण केसीले १२ बलमा ३३ रन बनाए । कुशल भुर्तेलले २५, आशिफ शेखले २९, आदिल आलमले १५ रन बनाए ।

नेपालको जितका लागि दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । करण केसीले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले चार ओभरमा २५ रन दिएर २ विकेट लिए ।