NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पहिलो पटक लोक सेवा तयारी गर्नेहरुले ध्यानदिनुपर्ने कुराहरु

काठमाडौँ । लोक सेवा परिक्षासँग लिएर थुप्रै अध्ययन सामाग्रीहरु अनलाइनमा पढ्न पाइन्छ । सहज रुपमा पाइने त्यस्ता अध्ययन सामाग्री कति विस्वासिला हुन् भन्ने प्रश्नले लोक सेवा परिक्षाको तयारीमा रहेकाहरुलाई थप अन्यौल सिर्जना गर्छ ।

लोक सेवा तयारीमा रहेकाहरुले यदि गलत अध्ययन सामाग्री अध्ययन गरेमा त्यसले थप क्षति गराउँछ । परिक्षामा सफलता प्राप्त गर्ने अवसर घटाउँछ ।

हामीले लोक सेवा आयोगको परिक्षामा सर्वोकृष्ट भएका केही उपसचिव, सहसचिवसँग कुरा गरेर लोक सेवा टिप्स प्रकाशन गर्दै आइरहेका छौँ ।

यस्तो छ, पहिलो पटक लोक सेवा तयारी गर्नेहरुले ध्यानदिनुपर्ने कुराहरु :

– निजामति भित्र कुन सेवामा प्रवेश गर्न खोजेको हो त्यो ख्याल गर्नुपर्छ ।

– प्रवेश गर्न चाहेको सेवाले दिनुपर्ने सेवा के हो ? सरकारको अपेक्षा र नीति के छ भन्ने अध्ययन गर्नुपर्छ ।

– त्यो सेवाका लागि लोकसेवा आयोगले कस्तो पाठ्यक्रम निर्धारण गरेको छ भन्ने थाहा पाउनुपर्छ ।

– पाठ्यक्रममा एउटै विषयमा पनि फरक/फरक पदलाई त्यही अनुसारको ज्ञानको अपेक्षा गरिएको हुन्छ । जस्तै अधिकृतका लागि र उपसचिवका लागि उस्तै पाठ्क्रम र प्रश्न भएपनि अध्ययन र लेखनस्तर फरक हुनुपर्छ ।

– पाठ्यक्रम र परिक्षा दिन लागेको पदका लागि कुन गहिराइमा पढ्नुपर्ने हो, त्यही आधारमा रणनीति बनाएर पढ्नुपर्छ ।

– परिक्षा हलमा गएपछि जे कुरा सोधेको छ, ति कुराहरुमात्र लेख्नुपर्छ । धेरै जानेको छु भनेर धेरै कुरा लेख्नु हुँदैन ।

ताजा अपडेट

नेपालवाच विशेष