NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
त्रिदेशीय टि–ट्वान्टी

नेपालले सिरिज जितेकोबारे भारतीय मिडियाले के लेखे ?

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)लाई फाइनलमा ५० रनको भारी अन्तरले हराउँदै नेपालले त्रिदेवशीय टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

मलेसिया र पिएनजी सम्मिलित त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले पाँच खेलमा शतप्रतिशत जित निकाल्दै उपाधि जितेको हो ।

नेपालको उच्च राजनीतिक दलका नेतासँगै सबैतिरबाट प्रशंसा भइरहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा पहिलोपटक नेपाललले उपाधि जितेको हो । यसलाई नेपाली मिडियाहरू राम्ररी नगर्ने कुरै भएन ।

यता, नेपालले सिरिज जितेकोमा भारतीय मिडियाहरूले पनि प्राथमिकतामा राख्दै समाचार बनाएका छन् ।

अधिकांश मिडियाले नेपाली खेलाडीहरू दीपेन्द्रसिंह ऐरी र करण केसीको प्रशंसा गर्दै समाचार लेखेका छन् ।

अमर उजालाले नेपाल र पिएनजीबीचको फाइनल खेलको स्कोरबोर्डसहित समाचार लेखेको छ ।

डिएनए इण्डिया डटकमले नेपाल जितलाई ‘शानदार’ भनेको छ भने जी न्यूजले पनि नेपाल र पिएनजीबीचको स्कोरबोर्ड आफ्नो साइटमा राखेको छ ।

यस्तै, स्पोर्ट्सकीडाले, ‘टि–ट्वान्टी फाइनलमा नेपालको शानदार जित’ शीर्षक र ‘प्रमुख खेलाडीको उत्कृष्ट अलराउन्ड प्रदर्शन’ उपशीर्षकमा समाचार बनाएको छ ।

उसले दीपेन्द्रसिंह ऐरीकरण केसीको प्रदर्शनको प्रशंसा गरेको छ ।

एनडी टिभी स्पोर्ट्सले पनि नेपालको जितबारेको स्कोरबोर्ड आफ्नो साइटमा राखेको छ ।

सिरिजको ५ खेलमा दीपेन्द्रले सर्वाधिक २५५ रन र ७ बनाए । उनले फाइनलमा पनि अलराउण्ड प्रदर्शन गरेका थिए ।

अविजित रहँदै अर्धशतकसहित ५४ रन बनाएका दीपेन्द्रले महत्वपूर्ण ४ विकेट पनि लिए । उनी सिरिजका सर्वोत्कष्ट र फाइनलमा उत्कृष्ट खेलाडी चुनिए ।

यसैगरी करण केसीले करण केसीले ५ खेलमा १३ विकेट लिए । फाइनलमा उनले किफायती बलिङ गर्दै ३ विकेट लिए । उनी सिरिजका उत्कृष्ट बलर घोषित भए ।

यी हुन् नेपालको जितका मुख्य दुई नायक