NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

श्रीलंकाका राष्ट्रपतिले बहुमत प्रमाणित गर्नेलाई सरकार हस्तान्तरण गर्ने

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले मंगलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । डेली मिररका अनुसार राजपाक्षेले सोमबार राजनीतिक भेटघाट गरेका थिए ।

जारी जनआन्दोलनका बीच सभामुख महिन्दा यापा आबेवर्देनाको अध्यक्षतामा २२५ सदस्यीय विधानसभामा कुन दलले १ सय १३ सिटमा पूर्ण बहुमत ल्याउने भन्ने कुराको टुंगो लगाउन मंगलबार पहिलोपटक संसदको बैठक बोलाइएको छ ।

गत आइतबार श्रीलंकाका क्याबिनेट मन्त्रीहरूले आर्थिक संकटलाई लिएर सरकारविरुद्ध बढ्दो जनआक्रोशको बीचमा आफ्नो पदबाट सामूहिक राजीनामा दिएका थिए । राष्ट्रपति राजपाक्षेले विपक्षी दलहरूलाई मन्त्रिपरिषद्मा सामेल हुन र एकताबद्ध ई सरकार गठन गर्न आह्वान गरेका छन् ।

डेली मिरर अखबारले उल्लेख गरेअनुसार श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) र केही सरकारी सांसद्हरूले स्वतन्त्र बस्ने धम्की दिएपछि सरकारले आफ्नो दुई तिहाइ बहुमत गुमाएको छ ।

जे होस् एसएलपीपीले अहिले आफ्नो पक्षमा ११३ सिट जोगाउन कोशिस गरिरहेको छ ताकि यो साधारण बहुमतमा पनि सरकारमा रहन र महिन्दा राजपाक्षे प्रधानमन्त्री बन्न सक्ने देखिन्छ ।

सरकारले आज पनि बहुमत देखाउन नसके नयाँ प्रधानमन्त्रीको टुंगो लगाउन सभामुखसमक्ष प्रस्ताव राखिने र राष्ट्रपति राजपाक्षेले निर्णय गरेबमोजिम नयाँ दललाई सरकार हस्तान्तरण गरिने डेली मिरर जनाएको छ ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युब लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजपाक्षेले यसको विरोध गरेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो ।

श्रीलंका संकट : नियुक्त भएकाे २४ घण्टामै अर्थमन्त्रीले राजीनामा दिए

औषधिको अभाव भएपछि श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा