NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बच्चा जन्मिएपछिको यौन जीवन कसरी सुधार्ने ?

एजेन्सी । कुनै पनि दम्पतीको जीवनमा बच्चाको आगमन हुनु उनीहरुको जीवनमा ठूलो परिवर्तन पनि आउनु हो । बच्चा जन्माइसकेपछि हुने खुशीसँगै जीवनका साना साना परिवर्तनबारे भने दम्पत्तीले सायदै खुलेर कुरा गर्छन् ।

त्यसपछि सम्बन्धमा आउने परिवर्तन, दुईबाट तीन या बढी हुनुले सम्बन्धमामात्रै होइन, दम्पत्तीको यौन जीवमा पनि परिवर्तन ल्याउँछ । धेरै महिलाहरुले प्रसवपछि कामवासनामा परिवर्तनहरु अनुभव गर्छन् । सामान्यतया डाक्टरले बच्चा जन्माएको ६ हप्तापछि यौन सम्पर्क राख्नका लागि सल्लाह दिएपनि वास्तविकता भने फरक हुन्छ । दम्पतिलाई पहिलाकै यौन जीवनमा फर्किनका लागि वास्तवमै यो भन्दा धेरै समय लाग्न सक्छ ।

महिलाको शरीरमा आएको परिवर्तन र बच्चा जन्मिइसकेपछि रातभरको अनिदका कारण छिटै यौन जीवनमा फर्किन मन नलागिहाल्नु सामान्य हो । विभिन्न दम्पत्तीले प्रसव पछिको यौन सम्पर्कका लागि फरक फरक समय कुर्छन् ।

दम्पतीले यो कुरा बुझ्न जरुरी छ कि, प्रसव पछि यौन सम्पर्कका लागि इच्छा नलाग्नु केही हदसम्म सामान्य हो । तर, लामो समयसम्म पनि यसले असर गरिरह्यो भने हामीसँग तपाईंका लागि केही सुझाव छन् ।
कम कामवासना कुनै पनि कारणले हुन सक्छ । सामान्य थकानदेखि शरीरद्वारा अक्सिटोसिन उत्पादनसम्म । तपाईंमा यौन चाहना नदेखिनुमा रासायनिक र तार्किक कारण पनि छन् । यस्ता छन् तपाईंले अपनाउन सक्ने टिप्स ।

१) चेकजाँच गराउनुहोस् : कम कामवासना चोटपटक वा हर्मोनल असन्तुलनका परिणाम हुन सक्छ । बच्चा जन्मिएको लामो समयसम्म पनि पनि यौन जवनमा सुधार आएन भने डाक्टरको सल्लाह लिइहाल्नु महत्वपूर्ण हुन्छ । तर, बच्चा जन्मिएपछि यस्तै हो भन्ने किसिमको सल्लाह भने नलिनुहनेस् । मुख्य कुरा, आफ्नो शरीर र दिमागलाई सुन्नुहोस् । यदि तपाईं यौन सम्पर्क गर्न सक्षम हुनुहुन्न भने तपाई निराश महसुश गर्न सक्नुहुन्छ । आरामदायी महसुस नहुने काम गर्न बाध्य हुनुभन्दा यो नै राम्रो हो ।

२) हस्तमैथुन प्रयास गर्नुहोस् : हस्तमैथुनको प्रयास गर्नाले तपाईं तपाईंको दिमाग र शरीरमार्फत कामुकतासँग सम्पर्क गर्नमा मद्दत पुग्छ । यसले तपाईंको प्रसवोत्तर सेक्स ड्राइभमा मद्दत गर्छ । तर, यसका लागि तपाईं सहज हुनुपर्यो । हस्तमैथुनलाइ तपाईं पुरानै यौन जीवनमा फर्किने एउटा आधारभूत माध्यम मान्न सक्नुहुन्छ ।

३) कुराकानी गर्नुहोस् : दम्पतीहरुले यो समयमा झनै यौन जीवनकोबारेमा खुलेर कुरा गर्नु जरुरी हुन्छ । आफ्नो पार्टनरसँग सकेसम्म खुला र इमानदार हुनुहोस् । तपाईंले यौन सम्पर्क गर्दा कुनै पनि दुखाइको सामाना गरिरहनुभएको छ या छैन भन्नेबारे सुनिश्चित गर्नुहोस् । यदि असहज भइहेको छ भने, आफैंलाई तुरुन्तै रोक्न अनुमति दिनुहोस् ।

त्यस्तै, यदि तपाईंले आफ्नो यौनांगमा सुख्खापन महसुस गरिरहनुभको छ भने पहिला त्यसको लागि तयार गर्न उपयुक्त हुन्छ । बुझनुहोस् कि, तपाईंको सम्बन्धको गतिशीलतामा अब परिवर्तन भइसकेको छ । बच्चाको आगमनले पक्कै पनि तपाईंको शरीरमा परिवर्तन हुनेछ तर यो तपाईंको यौन जीवनको लागि अन्त्य होइन । कम कामवासना हुनुको सबैभन्दा नराम्रो पक्ष भनेको तपाईंको मष्तिष्कमा फसकेको अनुभूति हो जुन तपाईको पार्टनरसँग जोडिन नसक्नुको अनुभूति । किनभने यतिबेला तपाईंलाई चिलित गर्ने धेरै कुराहरु छन् । त्यसकारण एकअर्काबीच खुला रुपमा संवाद हुनु महत्वपूर्ण हुन्छ ।

४) सेक्स् थेरापी : सेक्स थेरापीले लाखौं मानिसलाई विज्ञानको मद्दतबाट कामवासनाको समस्यालाई हल गर्न मद्दत गरेको छ । यो थेरापी छुने र छोइने प्रक्रियामा केन्द्रीत हुन्छ । यसले कामुक भावनाहरु ल्याउनमा मद्दत गर्छ ।  यसले तपाईंको जननांगमा मात्रै नभएर तपाईंको सम्पूर्ण शरीरमा उत्तेजना महसुस गराउन मद्दत गर्छ । यो थेरापीबाट तपाईंले चिन्तित विचारहरु व्यवस्थापन गर्न सिक्नुहुनेछ । जस्तै, शरीरको चिन्ता, तपाईंले के काम गर्नुपर्छ, अर्को व्यक्तिले के सोचिरहेको छ आदि । यसले थप रमाइलो अनुभवहरु निम्त्याउँछ । सेक्स थेरापी विशेषगरी इरेक्टाइल डिस्फंसन, चरम उत्तेजित विकार र यौन चिन्ताको उपचार गर्नमा प्रयोग गरिन्छ । यो थेरापी पछि व्यक्तिहरुले आफू र आफ्नो पार्टनरसँग थप जोडिएको महसुस गर्छन् ।